कथा

नेपाली राजनीति साच्चै एउटा थेत्तर, बेईमान, अधर्मी, स्वार्थी र कुटिल समुदायको चंगुलबाट बाहिर निस्कनै सकेन ! १०४ बर्षे राणा सासन, ३० बर्षे पंचायती सासन अनि प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र नेपालको नामले २०७४ साल सम्म आई पुग्दा थुप्रै पार्टीका बाद र आईडियोलोजीको अभ्यास पनि भयो ! बीपीको प्रजातान्त्रिक समाजबाद, मार्क्सवाद, लेनिनाबाद, माओबाद, जनताको बहुदलीय जनबाद, प्रचण्डपथ इत्यादी इत्यादि, तर यी पार्टीका यी सबै बाद र आईडियोलोजीले यति लामो समयसम्म सासन गरिरहदा पनि नेपाली रास्ट्र र जनताले समृद्धिको स पनि उच्चारण गर्न सकेन ! कारण नेपाली राजनीतिक सत्ता एउटा समुदाय-हिन्दु आर्य समुदायको मात्र म्युजिकल चियर भयो र रह्यो ! हिजो १०४ बर्षे राणा सासन, ३० बर्षे पंचायती सासन अनि प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र नेपालको नामले २०७४ सालसम्म आई पुग्दासम्म यिनै समुदायले एकछत्र राज गरे/गरिरहेका छन् ! यसको बिरुद्धमा बिभिन्न आदोलनहरु भए ! जनयुद्ध भयो ! मदेश आन्दोलन भयो ! थरुहट आन्दोलन भयो ! आदिबासी आन्दोलन भयो ! उत्पीडितहरुको आन्दोलन भयो ! समानता, अस्तित्व एबम समानुपातिक समाबेशिताको आन्दोलन भयो ! अहिले समानता, सह-अस्तित्व र समानुपातिक समाबेशीतालाई राज्यको मुलकानुनमा स्थापित गरिनु पर्छ भनेर सबै रास्ट्र र नेपाली जनताले आवाज उठाईरहदा बाम एकता एबम प्रजातान्त्रिक गठबन्धनका नाममा फेरी पनि बेइमान र कुटिल खेल खेलिरहेको छ, यसबाट तिनै सासक समुदायको एकता र फेरी पनि त्यहि म्युजिकल चियर गेमको स्पस्ट पुनरावृत्ती हुने देखिन्छ ! जो प्रस्ट रुपमा हामी माझ उभिएको र देखिएको छ ! जसको कारण फेरी दीर्घकालीन रुपमा राजनीतिक अन्योलता निम्त्याउने मात्र होइन, अराजकता र द्वन्द्वसमेत निम्तिने खतरा बढेको छ ! यसकारण देशलाई अब ब्यबहारिक बाद र आईडियोलोजीको खाचो भएको छ ! विश्वको इतिहाँस ताजा र साक्षी छ, त्यो हो- आदिवासी ब्याबहार, बाद र आदिबासी आईडियोलोजी ! जुन ब्याबहार, बाद र आईडियोलोजीले आजको चीन, कोरिया, जापानलाई सम्पन्न र समुन्नत बनायो ! त्यसैले आज आदिवासी ब्याबहार, बाद र आदिबासी आईडियोलोजी बोकेको समानुपातिक समाबेशी संघिय-स्वसासन सहितको समाजबादी नीति नेपाल र नेपालीको आबस्यकता हो अन्यथा फेरी पनि लामो समयसम्म निरिह अभिभावकबिहिन टुहुरा जनता हुन बाध्य हुनेछौ ! धिक्कार छ जसले आजसम्म निरंकुस जातिबाद(CAST-ISM) हामि माथि लादे अनि जातिबाद र राष्ट्रियता (CAST-ISM & NATIONALITIES) बारे भ्रम छर्दै हामिमाथि निरंकुस सासन गरे गरिरहेका छन् !