महेश बर्तमान मगर

आजकल म बर्तमानबाट मरिरहेको छु र मरिरहेजस्तै लाग्छ। बाच्ने रहर हुदा हुदै पनि बाध्यता र परिस्थतिले मलाई मारिरहेको छ। विगतका दिनमा मेरो जीवन प्रति म धेरै नैं गौरान्वीत थिए र मेरो जीवनप्रति सबै साथी भाई अग्रजहरु एकदमै प्रभाववित थिए। ममा केही गरौं भन्ने भावनाले मलाई सधै घचघचाइ रहेको हुन्थ्यो र म पनी एक बारको यो जीन्दगानीलाई सार्थकता बनाउन प्रयत्नरत थिए । जसको फलस्वरुप म हरेक दिन आफ्नो कल्पनालाई सृजनामा ढालदथे तर आजकल म एक रति पनि कलम चलाउन मन लागिरहेको छैन । मनमा एक किसिमको भावना र तरंग हरु त प्रसस्तै आउछ तर यो अमुल्य भावनाहरु जसरी दिशाविहिन हावा बहेली हाल्दै कहाँ पग्छ थाहा हुन्न त्यस्तै मेरो यो सृजनात्मक तरंगहरु पनि क्षणिक मनमा कम्प गराउदै कहाँ जान्छ थाहा हुदैन। म हरेक दिनको ढायरी लेख्न पनि छाडेको छु । आजकल मलाई साना मसिना दुख, पीडाहरुले छुन पनि छाडेको छ वा त्यस्ता दृष्यले मन छुन छाडेको छ । यहि कारण पनि हुन सक्छ म दिनानुदिन मरिरहेको छु । मलाई लाग्थ्यो एक बारको जीन्दगीमा अष्तित्वपरक कार्य गर्नु पर्छ कि म पछिका कुनै पनि सन्ततीले सृजनामा मेरो नाममा जोडेर मेरो अष्तितवको बयान गरुन ।

#maheshkumarranamagar #bartaman

महेश कुमार रानामगर बर्तमान एक साधरण गरिब परिवारमा बि.स. २०३६ साल चैत्र १५ गते सोलुखुम्बु जिल्लाको तत्कालिन जुभिङ गाबिस र हाल खुम्बु-पासाङ ल्हमु गाउपालिका वडा नम्बर-१ खरिखोला बजारमा बुबा नरेश कुमार राना मगर एबम आमा स्व जुनकीरी माया मगरको कोखबाट जन्मेको हो । तीन भाइ र दुई बहिनी मध्ये उनी जेठो छोरो हुन । बाल्यकाल अत्यान्तै अभाव र पिडामा बिताउनुको साथै सानैमा आमाको स्वर्गारोहणले झनै दुख थपेको भेटिन्छ । गाउमै खरिखोला माबीबाट एस एल सि सम्मको पढाइ सकेपछि उच्चशिक्षाको लागि सदरमुकाम सल्लेरीमा रहेको सोलुखुम्बु बहुमुखी क्याम्पसबाट (१०+२) र बि•एड• उत्तीर्ण गरेका छन । त्यस्तै त्रिभुवन बिश्वबिद्धालय किर्तिपुरबाट ग्रामीण बिकासमा एम• ए• पास गर्नु भएको छ ।

सानैबाट कलम चलाउने रानामगरले दुई कबिता संग्रह १,आखीझ्यालबाट र २,गुलावका फुलहरु नामक कविता संग्रह प्रकाशन गरिसक्नु भएको छ भने करिब २०० भन्दा बढी गितको रचना गर्नु भएको छ । करिब दर्जनभन्दा बढी गितहरु विभिन्न रास्टृय कलाकारहरुबाट स्वर तथा संगीतबद्ध गरेका छन । यति मात्र होइन उनी आफै पनि गित गाउछन २/३ वटा गित आफैले स्वरबद्ध गरि सक्नु भएको छ । वहाका दर्जनभन्दा बढी कथा तथा निबन्ध पनि लेख्नु भएको छ । यसरी साहित्यिक सृजना गर्ने रानमगरको साहित्यिक नाम बर्तमान हो ।

सोलुखुम्बु रहदा साहित्यिक सस्था सोलुखुम्बु साहित्यिक मन्चको स्थापना गरेर सोलुखुम्बुले जन्माएको प्रतीभाको खोजी गर्ने तथा सस्थाको मुखपत्र नवप्रतिभा करिब ५ बर्स प्रकाशन तथा सम्पादन गरेका थिए । 

खानेपानी कार्यलयको प्राबिधिक साहायक, पर्यटन प्रबर्द्धन कार्यक्रमका सामाजिक परिचालक, बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र सोलुखुम्बुको सम्योजक, काठमाडौमा बोर्डिङ स्कुलको पृन्सिपल तथा आइएमईको कर्मचारीसमेत हुन पुगे । खरिखोला उच्च माबिको सस्थापक प्रचार्यसमेत रहेका उनि तत्कालिन समयमा उनी जिल्लाका राम्रा क्षेत्रीय भलिबल खेलाडीसमेत हुन । यस्तै रचनात्मक कार्यको कारण जिल्लामा उनी सबै ठाउँमा परिचीत छन । 

जातो पिन्ने, च्याख्ला छिन्किने, घासदाउरा, बनमा आरा काट्ने, घर बनाउनेदेखि लिएर नाटक लेख्ने/खेल्ने, गित गाउने, मादल/बासुरी/गिटार/हार्मोनियम बजाउने एबम पृन्सिपलसम्मको मीठो अनुभव उनिसङ्ग छ । यति मात्र होइन सानैमा रेडियोको डाइनामो निकालेर हेलिकप्टरसम्म बनाएको अनुभव उनिसङ्ग छ । 

राजनितिक रुपमा पनि उनी सानैदेखी सचेत थिए । बाम्पन्थी बिचार मन पर्ने उनी खरिखोला माबी अनेरास्ववियु प्राकको पदाधिकारीदेखि शुरूवात गरेको राजनीति क्याम्पस कमिटीको सचिब, अनेरास्ववियु जिल्ला कमिटीको सचिब, नेकपाएमाले सोलु-काठमाडौ सम्पर्क कमिटीको सचिब सम्म रहेर संघठानिक जिम्मेवारीका साथ काम गरेका राना मगरले पहिलो संविधान सभाको विघटन पछि एमाले परित्याग गरि संघीयता र पहिचानको आन्दोलनका लागि संघीय समाजबादी, फोरम हुँदै अहिले जनता समाजबादी पार्टीको प्रदेश सदस्य हुनुन्छ भने समाजबादी युबा संघ केन्द्रिय समितिको सदस्य हुनुन्छ । सामाजिक सेवाको क्षेत्रमा पनि त्यतिकै अघाडी हुनुन्छ । सोलु-ओखलढुंगा मगर समाज सेवा केन्द्रको अध्यक्ष समेत रहेर ५ बर्स सेवा गरिसक्नु भएको छ भने सहयोग प्रतिस्ठान नेपालको सस्थापक अध्यक्ष हुनुन्छ । 

#mbartamanrana